हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव – Kanika Khabar
Sunday, April 28Nepali News Portal

हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी ओसारपसारका लागि हलुका सवारी चालक भर्ना नगर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रले सरकारलाई बुझाएको आफ्नो १८ औँ वार्षिक प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । शाखा अधिकृत भन्दामाथिका सबै कर्मचारीलाई तालिमको व्यवस्था गर्नुपर्ने र नयाँ भर्ना हुने कर्मचारीलाई हलुका सवारी चालक अनुमतिपत्र अनिवार्य गर्दा आर्थिक मितव्ययिता कायम गर्न सहज हुने सुझाव दिइएको केन्द्रका सचिव डा. ऋषिराम शर्माले सीआइएनसँग बताउनुभयो । गत वर्षमा जम्मा एक हजार १ सय ७५ उजुरीमध्ये ७ सय ८१ वटा उजुरी पर्छयौट भएका केन्द्रले जनाएको छ । जसमध्ये १ सय ६४ वटा उजुरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्