मा प्रकाशित
कनिका खबर
कार्तिक १३, भक्तपुर
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मनहरा लोकन्थलीस्थित एक क्याफेनजिकै पार्किङ गरी राखेको मोटरसाइकलमा आज आगलागी भएको छ । आगलागीका कारण उक्त मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ । बा ८७ प ३८०५ नम्बरको उक्त मोटरसाइकल सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको रहेको प्रहरीले जनाएको छ ।


