मा प्रकाशित
कनिका खबर
कार्तिक १३, भक्तपुर
भक्तपुरमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कैलालीकी एक कोरोना सङ्क्रमित महिलाको आज दिउसो मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ निवासी २८ वर्षीय महिलाको उपचारका क्रममा आज दिउसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ति महिला कार्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएसंगै उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन् ।


