प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, दाङ

प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ ।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन्।

प्रदर्शन बढ्दै गएपछि फिलाडेलफियामा सुरक्षा तैनाथी बढाइएको सीएनएनले जनाएको छ ।

हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेकाले वाल्टरमाथि गोली चलाउनु परेको प्रहरी अधिकारीले दाबी गरेका छन्।

यसअघि मिनेसोटाको मिनियापोलसका जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिकाभर प्रदर्शन भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्