लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको भएको दाबी गर्नुभएको छ । नेपाल भाषा साहित्य तः मुज्या सम्मेलनको अनलाइन छलफलमा उहाँले भारत भन्ने देश नभएकै बेला ती भूभागहरु नेपालको भएको बताउनुभएको हो । भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण निकट भविष्यमा हुनसक्ने भन्दै उहाँले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भारतीय विस्तारवाद नीतिको विरोध गर्नुपर्ने बताउनुभयो । कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नरहेको आरोप लगाउँदै उहाँले यस्तै पाराले नेपालले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत औंल्याउनुभयो । अनलाइन सम्मेलनमा साहित्यकार, भाषाविद् लगायत विज्ञहरुको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्