कनिका खबर
कार्तिक १६, काठमाडौं
स्थानिय सरकारहरुले धानको समर्थन मुल्य कार्यान्वयनमा ल्याएका छन् । संघीय सरकारले तोकेको समर्थन मूल्य अनुसार उपचोक्ताबाट धान किन्न थालेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएको नगर प्रमूख बासुदेव घिमिरेले जानकारी दिनुभयो । संघीय सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
मा प्रकाशित


