कनिका खबर
कार्तिक १८, काठमाडौं
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले पार्टीको आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नुका साथै अन्य विभिन्न निर्णयहरू गरेको छ । पार्टी कार्यालय सानेपामा आज पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले केसीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । केसीको सम्मानमा आज, भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ । २०१४ जेठ १० गते जन्मिनुभएका उहाँ २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत काँग्रेसको तर्फबाट प्रनिनिधिसभा सदस्य हुनुभएको थियो ।


