पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिए – Kanika Khabar
Thursday, April 16Nepali News Portal

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्