राष्ट्रपति चुनिएपछि सम्बोधनको तयारीमा बाइडेन, ठाउँठाउँमा विजय उत्सव – Kanika Khabar
Sunday, May 5Nepali News Portal

राष्ट्रपति चुनिएपछि सम्बोधनको तयारीमा बाइडेन, ठाउँठाउँमा विजय उत्सव

    मा प्रकाशित

एजेन्सी
अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएसँगै डेमोक्र्याटिक उम्मेदवारले विजयी सम्बोधनको तयारी गरेका छन् ।

बाइडेनको जितसँगै डेमोक्र्याट पार्टीका समर्थकहरूले ठाउँठाउँमा विजयी उत्सव गरिरहँदा बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सम्बोधनको तयारी गरेका छन् ।

जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेपछि उनी अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका छन्।

अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।

सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् ।

ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।

बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्