भक्तपुरमा अस्पतालमा पीसीआर परीक्षण सुरु हुँदै – Kanika Khabar
Saturday, June 27Nepali News Portal

भक्तपुरमा अस्पतालमा पीसीआर परीक्षण सुरु हुँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, भक्तपुर
भक्तपुरको भक्तपुर अस्पतालमा पिसीआर परीक्षण सेवा सुरु गरिने भएको छ । ढेड महिना अघिदेखि परीक्षण सुरु गरिने भने पनि आगामी हप्ताबाट सुरु गरिने मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले बताउनुभयो । भक्तपुर अस्पतालले धुलिखेल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वाब परीक्षण गर्दै आएको छ । अस्पतालमा पीसीआर मेसिन आएपनि परीक्षण गर्नका लागि चाहिने अन्य सामाग्रीहरु तथा मेसिन आउन बाँकी रहेकाले परीक्षण हुन अझै एक हप्ता लाग्ने छ । कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उहाले बताउनुभयो । एक हप्तापछि सञ्चालन गर्ने पीसीआर मेसिनले एक पटकमा १ सयवटा नमुना परीक्षण गर्ने क्षमता भएको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले भक्तपुर अस्पताललाई कोरोनाभाइरस परीक्षण गर्ने पिसिआर मेसिन उपलब्ध गराएको हो । गौतमले एकचोटिमा एकसय जनाको पीसीआर टेस्ट गर्ने क्षमता भएको बताउनुभयो । उहाले अहिलेसम्म कोरोना संक्रमित सबै जनालाई निःशुल्क नै उपचार भइरहेको जानकारी दिनुभयो । अहिलेसम्म भक्तपुर अस्पतालमा आइसोलेसनमा ११ जना र आइसियूमा ४ जना गरी कोभिडका १५ जना बिरामी रहेका छन् । भक्तपुर अस्पताल जिल्लाको सबैभन्दा पुरानो अस्पताल हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्