नेकपा विवादः सहमतिको प्रयास अलपत्र – Kanika Khabar
Friday, May 1Nepali News Portal

नेकपा विवादः सहमतिको प्रयास अलपत्र

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५,काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ । पार्टीमा ओली र प्रचण्ड नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गरेका हुन् । आयोगका अध्यक्ष बोहोराले पार्टी एकतादेखि स्थायी र केन्द्रीय कमिटीका निर्णयहरु कार्यान्वयन नभएको भन्दै २६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत अलपत्र रहेको र त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको बताए ।
नेकपामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसहितपाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीले बैठक बोलाउन नचाहेको प्रचण्ड पक्षले आरोप लगाउदै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्