मा प्रकाशित
कनिका खवर
कार्तिक २६, दाङ ।
दाङमा थारू परिकार उपलब्ध हुने गरी कविला रिसाेर्ट सञ्चालनमा आएकाे छ ।
कविला हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित कविला रिसोर्ट घोराही १६ सानीअम्मापुरमा औपचारिक रुपमा आज बुधबारदेखि सञ्चालनमा आएको हाे ।
विशेष गरी थारु परिकार रहने र यहाँको सांस्कृतिक पर्यटनलाई समेत टेवा पुर्याउने उद्देश्यले सञ्चालनमा आएको रिसोर्टले थारू संस्कार र संस्कृतिलाई बढी महत्त्व दिने बताइएकाे छ । दाङ उपत्यका थारू जातिको आदिथलो मान्ने गरिएको छ ।