एजेन्सी ।
सुन्दा अचम्म लाग्ला, तर सत्य हो । सबैभन्दा ठूलो इच्छाशक्ति हो । आत्मवल चाहिन्छ । योजना कार्यान्वयन गर्न इच्छाशक्तिको पनि त्यतिकै जरुरी पर्दछ । असम्भव केही छैन । लगनशीलता र इच्छाशक्ति भयो भने हरेक कुरा सम्भव हुन्छ । जसका लागि मेहनत र कठीन परिश्रम आवश्यक पर्दछ ।
जेसिका । जेसिका एउटा यस्तो नाम हो जसले विश्व नै चकित पारेको छ । जेसिका एक महिला हुन् । जसका दुई वटै हात छैनन् । मात्र खुट्टा , त्यही खुट्टाको भरमा उनी विमान उडाउँछिन् ।
उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै एकल महिला हुन् खुट्टाले विमामन उडाउने ।
उनीसँग संसारकै यस्तो लाइसेन्स छ । जो अन्य शारीरिक अशक्तता भएका मानिससँग छैन ।
३६ वर्षीया जेसिका आफ्नो खुट्टाको सहयोगले विमान चलाउँछ । उनले २२ वर्षको उमेर देखि विमान चलाउन थालेकी हुन् ।
उनले १४ वर्षबाट आफ्नो खुट्टाले काम गर्न थालेकी थिइन् । उनले हालसम्म २३ देशमा उडान भरेकी छन् ।


