कनिका खबर
मंसिर २, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको जिकिर गरेका छन् । ।
तिहारको शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएकोबताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकार संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको दिशामा अग्रसर भएको बताउनु भयो । उहाँले सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गरे ।


