लुम्बिनी प्रदेशबाट नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा हेमराज बञ्जाडेको उम्मेद्वारी घोषणा – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

लुम्बिनी प्रदेशबाट नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा हेमराज बञ्जाडेको उम्मेद्वारी घोषणा

    मा प्रकाशित

कनिका खबर
मंसिर २, दाङ ।
नेपाल उद्योग बाणिज्य महासंघको हुन गइरहेको केन्द्रीय अधिबेशनमा दाङ जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट संघका निवर्तमान अध्यक्ष हेमराज बञ्जाडेलाई लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरिएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा दाङ जिल्ला उबासंघका पूर्व अध्यक्ष धुर्बराज श्रेष्ठ भारीले बञ्जाडेको लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् । भारीले उम्मेद्वार बञ्जाडेलाई टिका, अबिर, मालासहित खादा ओढाइ जितको अग्रिम बधाई तथा शुभकामना समेत दिए ।

सो अवसरमा नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना,दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, महासचिब नरेश कार्की, पुर्ब उपाध्यक्ष ओबिन्द्र महरा, दाङ जिल्ला उबासंघका कार्य समिति सदस्यहरु रामप्रसाद पोखरेल, छबि गिरी, महेन्द्र बुढाथोकी, ब्यबसायी एक नारायण पौडेलले पनि जितको शुभकामना दिदै केन्द्रीय अधिबेशनमा भारी मतले जिताउन सबै एकमत, एकताका साथ लागि पर्ने भन्दै सहयोगका लागि सबैमा आग्रह गरे ।

दाङबाट प्रतिनिधित्व गर्ने सबैलाई केन्द्रीय नेतृत्वमा जिताउन लाग्नुपर्नेमा उनीहरुको जोड छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्