कनिका खबर
मंसिर ३, दाङ ।
सत्तारुढ दल नेकपाको आज सचिवालय बैठकका लागि तोकिएको समयमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक डाकेपछि सचिवालय बैठकका बारेमा प्रश्न उठिरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो १ बजै नै सचिवालय बैठक बस्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिएका हुन् ।
दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन् । ‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन् ।


