घाेराही उपमहानगरपालिकाका विद्यालय ७ गतेदेखि र स्कुल बस १० गतेदेखि सञ्चालनमा आउने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

घाेराही उपमहानगरपालिकाका विद्यालय ७ गतेदेखि र स्कुल बस १० गतेदेखि सञ्चालनमा आउने

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।
घाेराही उपमहानगरपालिकाका विद्यालयहरू मंसिर ७ गते आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । काेभिड १९ काे सङ्क्रमणकाे जाेखिमका कारण बन्द रहेका स्कुल बस मंसिर १० गतेदेखि सञ्चालनमा आउने भएका छन् । आज शुक्रबार बसेकाे घाेराही उपमहानगरपालिका शिक्षा समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय तथा यातायात सञ्चालन गर्ने र एकै सिफ्टमा सञ्चालन हुने विद्यालयले विहान १० देखि दिउँसाे साढे ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ । अन्य विद्यालयले सिफ्ट अनुसार पनि विद्यालय सञ्चालनकाे व्यवस्थापन गर्न सक्ने बताइएकाे छ । बैठकले एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राख्ने निर्णय गरेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्