भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी सङ्क्रमित – Kanika Khabar
Wednesday, November 25Nepali News Portal

भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी सङ्क्रमित

    मा प्रकाशित

एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । थप ४४ हजार ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ४० हजार ३१२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८५ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७७३ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्