जनताले बर्तमान सरकारको विकल्प खोजिररहेका छन : कांग्रेस नेता महर – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

जनताले बर्तमान सरकारको विकल्प खोजिररहेका छन : कांग्रेस नेता महर

    मा प्रकाशित

यमकला भुसाल
मंसिर १०, दाङ ।
नेपाली काँग्रेसका नेता तथा स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनताले बर्तमान सरकारको विकल्प खोजिरहेको बताएका छन् ।नेपाल प्रेस युनियन दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महरले कम्युनिष्टको साशन व्यवस्था देखेर जनता आजिद भइ सकेको र यसको विकल्प खोजिरहेको बताएका हुन ।
नेता महरले अहिले कम्युनिष्ट भित्रको झगडाको प्रमुख कारण जनताले कर तिरको पैंसामा कसले बढी दोहन गर्ने भन्ने विषयमा भइरहेको तर्क गरे ।‘ नेकपा भित्रको अहिलेको बिवाद प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्ता दोहन गर्ने कि, अर्का अध्यक्ष प्रचण्डले गर्ने भन्ने कुराले भइरहेको छ,’ नेता महरले भने ‘ वाईड बडी, ओम्नी, प्रिन्टिङ प्रेसमा दोहन कस्ले बढी गर्ने भन्ने लडाई हो ।’
कम्युनिष्ट सरकार राज्यको संपत्तिमा कसले बढी दोहन गर्नेरु पार्टीको ए ग्रेडको कन्युनिष्ट को बन्ने र बी ग्रेडको कम्युनिष्ट को भन्ने भन्ने लडाइमा फसेको उनले बताए ।यो लडाईले नेकपा फूट्ने संभावना भने नरहेको नेता महरले तर्क गरे । ‘ नेकपा फूट्नु पनि हुन्न त्यो हाम्रो चाहाना पनि हैन,’ उनले भने ‘ हामी अरुको घर फूटेको हेर्न चाहादैनौं बरु आफ्नो घर बलियो बनाउन चाहान्छौं।’
त्यस्तै उनले संसारका कुनैपनि मुलुकमा कम्नियुष्ट प्रजातन्त्रवादी भएको उदाहरण नरहेको जिकिर गरे ।संघीयताको कुरा कम्नियुष्ट पार्टी भित्र हुन नसक्ने भन्दै उनले कम्नियुष्टलाई प्रजातन्त्रवादी भनिएपनि स्वीकार गर्न नसकिने बताए ।नेता महरले यो सरकार देशको विकास र जनताले भोग्नु परेको दुःखका बारेमा संवेनंशिल नरहेको दोषारोपन गरे ।
उनले अहिलेको परिस्थितिले कांग्रेस मात्रै देश र जनताको हितका पक्षमा रहेको छर्लंग भएको दाबी गरे ।कांग्रेस बलियो भए मात्र सिंगो नेपाल बलियो बन्ने उनको भनाई थियो ।महरले नेपाली कांग्रेसका केन्द्रीय नेताहरु गुटबाट अछुतो रहन नसकेको टिप्पणी पनि गरे । गुटले पार्टी विग्रिएको हुँदा आगामी अधिवेशनमा गुट भन्दापनि संमग्र पार्टीको हितमा काम गर्ने नेतृत्व चाहिएको उनले बताए ।
कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको हो ।युनियनका केन्द्रिय पार्षद गोपाल शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युनियन दाङका कोषाध्यक्ष प्रकाश डाँगीले गरेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्