समानुपातिक, समावेशी विधेयक ल्याउन संसदीय समितिको निर्देशन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

समानुपातिक, समावेशी विधेयक ल्याउन संसदीय समितिको निर्देशन

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ
संघीय संसदको संसदीय सुनुवाइ समितिले समानुपातिक र समावेशी रूपमा संवैधानिक निकायमा हुने नियुक्ति नहुने गरेको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्नका लागि निर्देशन दिएको छ । समितिको आजको बैठकले समानुपातिक र समावेशी रूपमा संवैधानिक र राजनीतिक पदमा हुने नियुक्ति गर्नका लागि विधेयक ल्याउन निर्देशन दिएको हो । समानुपातिक, समावेशी कसैको पक्षपातपूर्ण नहोस् भनेर कानुन नै बनोस् भनेर समानुपातिक समावेशी सम्बन्धित संविधानको प्रस्तावना र संविधानको मौलिक अधिकारको धारा ४२ मा गरिएको व्यवस्थाअनुसार विधेयक ल्याउनका लागि निर्देशन दिइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । त्यस्तै, समितिले संवैधानिक आयोगमा रहेका रिक्त पद पूर्तिका लागि सरकारलाई निर्देशन दिएको छ । महिला, दलितलगायतका आयोग स्थापना भएदेखि पदाधिकारी र सदस्य नियुक्ति नभएका तथा केही आयोगमा अध्यक्ष मात्रै नियुक्त गरे र बाँकी पद रिक्त रहेकाले ती पद पूर्तिका लागि अविलम्ब नियुक्ति गर्न समितले सरकारलाई भनेको हो । समिति बैठकमा प्रधानमन्त्रीका प्रतिनिधि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिका कारण कोरम नपुग्ने गरेको भनेपछि सभापति कर्णले कोरम पु¥याउने कुरा समितिमा नगर्न भनेको थियो । समितिले तीन पटक बोलाउँदा पनि प्रधानमन्त्री नआएको प्रति असन्तुष्टि जनाएको छ । यसअघि पनि प्रधानमन्त्रीलाई दुई पटक बोलाइएको थियो । आउँछु भन्ने तर नआउने गरेको सभापति कर्णले बताउनुभयो । अन्तिम समयमा यसपटक पनि प्रतिनिधिका रूपमा मन्त्री ज्ञवालीलाई प्रधानमन्त्रीले पठाउनुभएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्