चितवनको माडीमा बिओपी स्थापना – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

चितवनको माडीमा बिओपी स्थापना

    मा प्रकाशित

 

रासस
मंसिर १२, चितवन ।

माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो । यसअघि माडीका बाँदरझुला, कान्छिवगाई, छरछरे, गर्दी र  वाल्मिकी आश्रममा पोष्ट स्थापना गरी सकिएको छ ।

 

सरकारले नेपाल र छिमेकी देशका सिमानामा ११४ बिओपी स्थापना गर्ने निर्णय गरेसँगै जिल्लामा यस वर्ष तीन  पोष्ट थप गरिएको सशस्त्र प्रहरी बल नम्बर १७ गण चितवनका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्