वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या

    मा प्रकाशित

एजेन्सी/

वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ ।

राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो ।

यसअघि सन् २०१० र २०१२ मा पनि चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् ।

जारिफले हत्यामा इरारायलको संलग्नता हुन सक्ने जनाएका छन् ।

ट्वीट गर्दै उनले भनेका छन्, ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं।’

उनले त्यसको बदला लिने पनि चेतावनी दिएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्