गजल : नवराज खरेल – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

गजल : नवराज खरेल

    मा प्रकाशित


घरि त बादल लाग्छ,घरि घाम लाग्छ,जिन्दगीमा।
हेला कत्ति नगर्नुहोस् को काम लाग्छ जिन्दगीमा।

धेरै सोझो नहुनुहोस् गोठमा बाँधेको गााई जस्तो,
गल्ती बिनानै आरोप तथानाम लाग्छ जिन्दगीमा।

मान्छेको शीरमा त टेक्न हुँदै हुँदैन धनको मातले,
कुनैदिन चारैतिर रास्ता जाम लाग्छ जिन्दगीमा।

न्यायका लागि छिट्टै सत्यसत्य बोल्नुहोस् महोदय,
कुनै दिन बोल्न मुखमा लगाम लाग्छ जिन्दगीमा।

कोही पनि कसैको घाँटी रेटेर अगाडि नबढोस् ,
भोलि अबस्य नै पुर्णबिराम लाग्छ जिन्दगीमा।

 

*********

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्