प्याब्सन दाङको भर्चुअल भेला बस्दै – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

प्याब्सन दाङको भर्चुअल भेला बस्दै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ६, दाङ ।

शिक्षा क्षेत्रमा देखिएको समसामयिक विषयवस्तुमा छलफल गर्नका लागि प्याब्सन दाङको भर्चुअल भेला आज बस्दै छ । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण यतिबेला अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । अझ आर्थिक रुपमा संस्थागत विद्यालयहरु झन बढी प्रभावित हुने भएका छन् । यतिबेला शैक्षिक क्षेत्रमा देखिएका यस्ता समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा केन्द्रित रहेर प्याब्सन दाङले भर्चुअल भेला आयोजना गरेको हो ।

केन्द्रीय वरिष्ठ सल्लाहकार राजेन्द्र बानियाँ, प्याव्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाँनिया, केन्द्रीय सल्लाहकार नारायण अधिकारी, केन्द्रीय प्राज्ञिक सल्लाहकार अरुण कुरमार शर्मा, केन्द्रीय सदस्य यादव गिरी, केशव थापा, प्रदेश सल्लाहकार जीवन आचार्य, विनय कुमार मिश्रले भेलालाई सम्बोधन गर्ने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्