कनिका संवाददाता
जेठ ९, दाङ ।
सामजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूह र उत्कर्ष नेपालको आयोजनामा अनलाइन तनाब व्यवस्थापन सम्बन्धि प्रशीक्षण सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष किरण थापाको समन्वय तथा सहजीकरणमा शुरु भएको अनलाइन विशेष कार्यक्रममा दाङ जिल्ला तथा अन्य जिल्लाका गरी २०जना बढीको उत्साहजनक सहभागी रहेको थियोे ।
विश्वलाई नै तहसनहस बनाएको यस कोरोनाको महामारीका समयमा आम मान्छेहरु पनि यो डर त्रास बाट टाढा रहन नसकेको हुँदा कोरोनाले निम्ताएको मानसिक तनावलाई व्यवस्थित र तनावरहित हुनका लागि यो कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष थापाले बताए । करिब डेढ घन्टासम्म चलेको उक्त अनलाइन क्लासले हामी आफैले आफैलाई,घरपरिवार र समुदायलाई व्यवस्थित र तनावमुक्त गराउनका लागि घरमै बसेर सकारात्मक तथा प्रयोगात्मक तरिकाले काम गर्न सक्यौ भने आफू मानसिक रुपमा स्वस्थ्य हुने मनोचिकित्सक पुञ्जिता प्रधानले बताइन्।प्रधान आजको अनलाइन क्लासको प्रशिक्षक हुन् । प्रधानले काठमाडौँस्थिति उत्कर्ष नेपालमा रहेर विगत ४ वर्षदेखि काम गर्दै आएकी छिन् ।
अहिलेको यो विषम अवस्थामा महिला गृहणीहरु तथा बालबालिकाहरुलाई यसले बढी प्रभाव पारेको हुँदा यसबाट तनावरहित गराउनका लागि यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताए । साथै अध्यक्ष थापाले भोलिका दिनमा कोरोनाको त्रास हटे पनि आम नागरिकहरु मानसिक तनावग्रस्त हुन नपारोस् भनेर स्थानीय निकाय लगायत सबैले ध्यान दिन जरुरी रहेकोे बताए ।