विराेध प्रदर्शनमा सहभागी हुन वडावासीलाई अपील – Kanika Khabar
Friday, May 3Nepali News Portal

विराेध प्रदर्शनमा सहभागी हुन वडावासीलाई अपील

    मा प्रकाशित

कनिका खबर
माघ ७, दाङ ।
नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिका समिति वडा नं. १५ ले सम्पूर्ण वडावासीलाई भाेलि बिहीबार हुने विराेध प्रदर्शनमा सहभागी हुन अपील गरेकाे छ ।
आज दाङकाे घाेराहीमा पत्रकार सम्मेलन गरी समितिले यस्ताे आह्वान गरेकाे हाे ।
प्रतिपक्षका रूपमा काङ्ग्रेसले निरन्तर शालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएकाे र वर्तमान सरकारले यसलाई काङ्ग्रेसकाे कमजाेरी ठानेकाेले अब शक्ति प्रदर्शन आवश्यक भएकाे पत्रकार सम्मेलनमा बताइएकाे छ । सरकारप्रतिकाे वितृष्णा नै अहिलेकाे अवस्थाप्रतिकाे वितृष्णा भएकाे कारण अब काङ्ग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्ने समय आएकाे कारण पनि अब काङ्ग्रेसले सरकारका कमजोरीलाई जनतासामु लैजान पर्ने पत्रकार सम्मेलनका प्रमुख अतिथि संविधान सभा सदस्य राजु खनालले बताए ।
भाेलि बिहीबार देशभरका ७५३ वटा पालिकाका ६७४३वटा वडामा काङ्ग्रेसले विराेध प्रदर्शन गर्न थालेकाे हाे ।
नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिका समिति वडा नं. १५ ले विराेधकाे पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएकाे बताएकाे छ । समितिका सभापति प्रकाश श्रेष्ठकाे अध्यक्षता तथा संविधानसभा सदस्य राजु खनालकाे प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएकाे हाे । समितिका उपसभापति पदम शर्माकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सह सचिव शिशिर अधिकारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्