दशकै सबैभन्दा ठूलो सब स्टेशन सञ्चालनमा – Kanika Khabar
Saturday, October 24Nepali News Portal

दशकै सबैभन्दा ठूलो सब स्टेशन सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
देशकै सबैभन्दा ठूलो विद्युत हब तयार भएको छ । ४ सय केभी क्षमताको सब स्टेशन सञ्चालनमा आएसँगै नेपालले उर्जा क्षेत्रमा ठूलो फड्को मारेको छ । अब सरकारलाई भारत र बंगलादेशमा बिजुली बेच्न सहज हुने भएको छ । सब स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उर्जा क्षेत्रमा सबैभन्दा ठूलो फड्को मारेको र अब नेपालले अन्य मुलुकलाई पनि बिजुली बेच्न सक्ने बताउनुभयो । धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरमा निमार्ण भएको ढल्केवर सबस्टेशन १३ बिगहा जमिनमा फैलिएको छ । ४ सय केभी र २ सय २० केभी सबस्टेसनले १२ सय मेघावाट बिजुली अब बेच्न सक्ने सबस्टेशन आयोजनाका प्रमुख श्याम सुन्दर यादवले सीआईएनसँग बताउनुभयो । उहाँले नेपाल–भारत विद्युत आदानप्रदानको मुख्य सबस्टेशन रहेको हुनाले यसले नेपाल भारत विद्युत विस्तारमा सहज हुने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्