भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढ्यो – Kanika Khabar
Saturday, October 24Nepali News Portal

भारतले नेपाललाई दिने अनुदान १३ प्रतिशतले बढ्यो

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
भारतले सन् २०२१÷०२२ मा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । हिजो भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा नेपाललाई ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ १५ अर्ब ८७ करोड) आर्थिक वर्षका लागि अनुदान उपलब्ध गराउने उल्लेख छ । भारतले अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदान १३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष नेपालका लागि ८ अर्ब १० करोड भारू विनियोजन गरेको थियो । चालू वर्षका लागि भारतले सार्क राष्ट्रमा दिने अनुदान बढाएसँगै नेपाललाई दिने अनुदानमा पनि १३ प्रतिशतले गरेको छ । भारतबाट सार्क राष्ट्रमध्ये भुटानले सबैभन्दा बढी अनुदान पाउने भएको छ । भुटानलाई भारतले ३० अर्ब ४ करोड भारू अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ । त्यस्तै, अफगानिस्तानले ३ अर्ब ५० करोड, बंगलादेशले २ अर्ब, श्रीलंकाले २ अर्ब, माल्दिभ्सले २ अर्ब ५० करोड र म्यान्मारले ४ अर्ब रुपैयाँ भारू अनुदान पाउने उल्लेख छ । सोमबार सार्वजनिक गरिएको बजेट अप्रिल महिनादेखि कार्यान्वयनमा आउने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्