डाक्टर र नर्समाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग – Kanika Khabar
Saturday, October 24Nepali News Portal

डाक्टर र नर्समाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघको माग

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
नेपाल चिकित्सक संघले भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्समाथि हातपात गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । संघले हिजो विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा कार्यरत डाक्टर विपिन आचार्य र नर्स देवा जिसीमाथि ड्यूटीमै खटिएको बेला हातपात गरिएको घटनाप्रति आपत्ति जनाएको छ । हिजो ज्ञानेन्द्र शाही र उनका आसेपासेहरुबाट डाक्टर अभिकारी र नर्स जिसीमथि अस्पतालको ड्यूटीमा खटेको बेला हातपात गरेको भन्दै संघले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । कोरोना महामारीका बेला पनि बेला बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले हामी असुरक्षित भएको भन्दै संघका महासचिव डा.बद्री रिजालले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमाथि हुने यस्ता व्यवहार तत्काल रोक्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी नै असुरक्षित हुँदा काम गर्ने वातावरण नभएको हुँदा उनीहरुको सुरक्षाको ग्यारेन्टी गर्न पनि सरकारसँग माग गर्दै दोषीमाथि कडा कारबाही गर्न पनि माग गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्