म्यान्मारमा भएको सैनिक कूबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठक बस्दै – Kanika Khabar
Saturday, October 24Nepali News Portal

म्यान्मारमा भएको सैनिक कूबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठक बस्दै

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा सैनिक कू भएपछि सेना विरुद्ध कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । म्यान्मारका नेता आङ सान सुचीसहित सबै प्रजातान्त्रिक नेताहरूलाई सेनाले हिरासतमा लिएर सत्ता आफ्नो हातमा लिएपछि अमेरिकी राष्ट्रपति बाइडेनले सेनाविरुद्धको कदम चालिने धम्की दिनुभएको हो । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भन्दै त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने चेतावनी समेत दिनुभएको छ । यस्तै अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेतृ सुकीको गिरफ्तारीलाई ‘भयभीत पार्ने’ भनी व्याख्या गर्नुभएको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आज म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने तयारी गरेको छ । युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्