माघ २५, काठमाडौँ ।
प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
बैठक अघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्तापक्षले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ । यता, प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले १६ जना प्रदेशसभा सदस्य कारवाहीको विषय बन्द भइसकेको बताउनुभयो ।
प्रचण्ड–नेपाल समूहका नेताआङ्बोले आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताउनुभयो ।


