राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै – Kanika Khabar
Saturday, October 24Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

    मा प्रकाशित

कनिका खबर
माघ २७, काठमाडौं

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । आर्मी र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी ७ खेलमा १६ अङ्क जोडेको दोस्रो स्थानमा रहेको छ । वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । पुलिस ८ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । विराटनगर १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्