लिटिलभ्यालीको १४ औँ वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Friday, May 3Nepali News Portal

लिटिलभ्यालीको १४ औँ वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

कनिका खबर
फागुन ५, दाङ ।
घोराही उप महानगरपालिका वडा नं. १० नारायणपुरमा अवस्थित लिटिलभ्याली बालबालिका मा.वि.को आज एक समारोहका बिच १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयका सञ्चालक समितिका अध्यक्ष  धरम बहादुर बस्नेतकाे  अध्यक्षता तथा घाेराही वडा नं. १० का अध्यक्ष निर्मल डाँगीको प्रमुख आतिथ्यतामा बोल्ने वक्ताहरुले शिक्षासँगै संस्कारलाई जोडेर लैजानु पर्नेमा जोड दिएका थिए ।

No description available.

समारोहका प्रमुख अतिथि तथा वडाध्यक्ष डाँगीले गुणस्तरीय शिक्षासँगै संस्कार र नैतिक शिक्षालाई अबको शैक्षिक रणनीति बनाउनुपर्ने बताएका थिए । उनले भने, ‘अब संस्कारसहितको शिक्षा आवश्यक रहेको छ । अबको शैक्षिक उद्देश्य गुणस्तरीयताका साथै नैतिक तथा सांस्कारिक शिक्षा हुन जरुरी छ ।’

कार्यक्रमका विशष्टि अतिथिहरु सामुदायिक विद्यालय महासंघ लुम्बिनी प्रदेशका सचिव दिपक पाण्डे, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दहाल, नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा खेलकुद सप्ताहका क्रममा भएका विभिन्न खेलकुदमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रिन्सिपल आदेश वलीले विद्यालयको प्रगति प्रतिवेदन पेस गरेका थिए । विद्यालयका प्रवन्ध निर्देशक मनोज बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हरि डि.सी.ले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्