सराेजले गरे सहयाेग सामग्री वितरण – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सराेजले गरे सहयाेग सामग्री वितरण

    मा प्रकाशित

कनिका संवाददाता

जेठ १३, दाङ ।

नेपाली कांग्रेसका युवा नेता सरोज शाहको पहलमा घोराही उपमहानगरपालिका वडा नम्बर ७ का विभिन्न गाउँमा सहयोगका सामग्री वितरण भएको छ । उक्त वडाका चार गाउँमा शाहको पहलमा नुहाउने , लुगाधुने साबुन, मास्क , तथा प्रेसरका बिरामीहरुलाई औषधी वितरण गरिएको हो । शाहका अनुसार बेसाही, घुस्रा, कनहरिया, सौडियारका नागरिकहरुलाई सहयोग उपलब्ध गराइएको हो । ‘कोरोना त्रासका कारण बढ्दो लकडाउनले अहिले आमनागरिकलाई सास्ती बेहोर्नु परिरहेको अवस्था छ,’ शाहले भने ‘यो कठिन परिस्थितिमा सानो भए पनि सहयोग गरौँ भन्ने भाव जागेको हो ।’ शाहले भने । उनका अनुसार २५ जना प्रेसरका बिरामीहरुलाई औषधि वितरण गरिएको छ । उनीहरुको स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य चेकजाँच समेत गरिएको छ । यसैगरी १ सय ८१ जनालाई नुहाउने तथा कपडा धुने साबुन वितरण गरिएको उनले जानकारी दिए । साथै स्थानीयहरुलाई मास्क समेत वितरण भएको छ ।
शाहको अगुवाईमा भएको सहयोग अभियानमा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य केशव केसी, कांग्रेस सौडियारका नेता रोहवर बहादुर केसी, किसान संघका क्षेत्रीय सभापति चन्द्रप्रसाद चौधरी, मित्र मेडिकल हलका दुर्गानाथ योगी, निरज शाह , जनक शाहले पनि सहयोग गरेका थिए । उक्त सहयोग वडा नम्बर ७ का वडा सदस्य सुशीला चौधरीको रोहबरमा हस्तान्तरण गरिएको थियो । यसैगरी क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई योग गुरु प्रेम शाहले योग प्रशिक्षण दिने जनाएका छन् भने एचए दिनेश चौधरीले वडा नम्बर ७ का प्रेसर तथा सुगरका बिरामीहरुलाई लकडाउन अवधिभर निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श से्वा दिने जनाएका छन् । यसैगरी क्वारेनटाइनमा बसेका नागरिकहरुले आफूहरुको बसोबासमा निकै असहज गुनासो गरेका थिए । यी नागरिकहरुको समस्या समाधानका लागि कांग्रेस क्षेत्रीय सभापति भुपवहादुर डाँगीले अग्रसरता लिने वताएका छन् । उनीहरुको सहज बसोबासका लागि सम्वन्धित निकाय समक्ष पहल गर्ने डाँगीले जनाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्