कनिका खबर
फागुन १५, दाङ ।
दाङकाे घोराहीस्थित बिक्रम गाडी धुलाई सेन्टरले गाडी धुलाईमा छुटको ब्यवस्था लागु गरेको छ । प्रत्येक गाडीको धुलाईको शूल्कमा २० प्रतिशत छुट गरिएको धुलाई सेन्टरका सञ्चालक बिक्रम बस्नेतले जानकारी दिए ।
उनका अनुसार यो छुट व्यवस्था आगामी चैत मसान्तसम्म लागु हुनेछ । यसैगरी गाडी पार्किङको समेत ब्यवस्था रहेको यो धुलाई सेन्टरले गाडी पार्किङको शूल्कमा पनि २० प्रतिशत छुट गरेको जाजकारी बस्नेतले दिए ।
चैत मसान्तसम्म लागु भएको यो व्यवस्थापछि नयाँ वर्षका अवसरमा नयाँ छुट ब्यवस्था लागु हुने पनि उनले जानकारी दिए ।
घोराहीस्थित बिद्युत प्राधिकरण देखि पछाडि जानकी टोलमा यो धुलाई सेन्टर केहीी दिन अघि सञ्चालनमा आएको हो । यो धुलाई सेन्टरमा साना गाडी तथा मोटरसाईकल धुलाई हुँदै आएको छ ।