भाईरल ज्वरोको प्रकोप देखिएपछि अछामको कालिका मावि ५ दिनका लागि बन्द – Kanika Khabar
Friday, May 3Nepali News Portal

भाईरल ज्वरोको प्रकोप देखिएपछि अछामको कालिका मावि ५ दिनका लागि बन्द

    मा प्रकाशित

शंकर थापा/ एकेन्द्र खत्री
फागुन १७, अछाम ।
अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु वलडाडामा रहेको कालिका माध्यामिक विद्यालयलाई ५ दिनका लागी बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा एक्कासि भाईरल ज्वरोको प्रकोप देखिएपछी फागुन २१ गतेसम्मका लागी पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

करिब १ हप्तादेखि दैनिक जसो शिक्षक देखि विद्यार्थिमा ज्वरो आउने, पेट दुख्ने, बान्ता गर्ने, टाउको दुख्ने लगाएतका लक्षण देखिएपछी जिल्ला प्रशासन, मंगलसेन नगरपालिका, शिक्षा बिकास तथा समन्वय ईकाई अछाम, स्वास्थ्य कार्यालय र वडा सरकार, अभिभावकको समन्वयमा फागुन १७ गतेदेखि २१ गते शुक्रबार सम्मका लागी विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले बताउनु भयो ।

करिब ७ दिन अघि देखि सुरु भएको भाईरल ज्वरो नियन्त्रण नभएपछीसबैको समन्वयमा विद्यालयको आन्तरिक काम मात्रै गर्ने गरि पठपाठन बन्द गरिएको शाहले बताउनु भयो ।स्वास्थ्यकर्मिको टोलिले कोरोनाभाईरस, मलेरिया, कालाजारको समेत परिक्षण गरिएकाले कसैलाई नदेखिएकाले भाईरल ज्वरो नै हुनसक्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनुभयो ।

स्वास्थ्यकर्मीको टोलिले विद्यालयमै गएर उपचार सहित आवश्यक जाँच गरेकाले केही रिपोर्ट आउन बाकी समेत रहेको उहाँले बताउनु भयो । गर्मीयाम सुरु भएकाले भाईरल ज्वरो हुनसक्ने भएकाले तत्काल नियन्त्रणमा समेत आउने भएकाले कसैलाई नआत्तिन उहाँले आग्रह गर्नु भयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्