जेठ ३, काठमाडौँ ।
२०७८ को पहिलो महिनामा विपद्का कारण देशभर ३२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक महिनाको अवधिमा चट्याङबाट मात्रै २१ जनाको मृत्यु भएको छ ।
आगलागीबाट ७, जनावरको आक्रमणबाट ३ र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । बैशाखभरीमा ४ सय ४९ विपदका घटना भएकोमा एक सय ३८ जना घाइते भएका र २ सय ६० चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ ।
एक महिनाको अवधिका विपदका घटनाबाट ३३ करोड७८ लाख ६५ हजार भन्दा बढीको क्षति भएको तथ्याङ्क छ । आगलागीबाट मात्रै २८ करोड ८५ लाख ८९ हजार भन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।