म्यानमारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइयाे, हाेल्डिङ सेन्टरमा राखियाे – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

म्यानमारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइयाे, हाेल्डिङ सेन्टरमा राखियाे

    मा प्रकाशित

 कनिका संवाददाता

जेठ २३, काठमाडौं ।

सरकारले विदेशमा रहेका नेपालीहरूलाई आजदेखि ल्याउन सुरू गरेकाे छ । अाज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीलाई नेपाल ल्याएकाे छ । म्यानमाबाट आएका नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो ।

यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्