कनिका डेस्क
जेठ २५, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारीमा डा जागेश्वर गौतमलाई ल्याएको छ । हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका डा विकास देवकोटाको जिम्मेवारी हेरफेर गर्दै उनको ठाउँमा डा जागेश्वर गौतमलाई ल्याइएको हो ।
हालै मात्र सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएका डा जागेश्वर गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । देवकोटाले आइतबारको पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको जानकारी दिँदै हालसम्म सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकाछन।