एजेन्सी ।
तालिबानका सह संस्थापक एक नेता अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको छ । मुल्ला अब्दुल घनी बरादर नयाँ सरकार गठनका लागि वार्तामा सामेल हुने बिबिसिले लेखेको छ ।
यसैबीच, अफगानिस्तानमा तालिबानहरुले १५० भारतीय नागरिक सहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । तालिबान लडाकुले काबुल विमानस्थलको गेटमा नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नियन्त्रणमा लिइएकामा भारतीय नागरिक सहित अफगानी शिख समुदायका व्यक्तिहरु समेत रहेका छन् । भारतको विदेश मन्त्रालयबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन ।नियन्त्रणमा लिइएकाहरु आज बिहानै काबुल विमानस्थलमा छिर्ने प्रयास गरेपनि तालिवान लडाकुहरुले बाहिरै रोकेका थिए । सो क्रममा केही तालिबान लडाकुले भारतीय नागरिकलाई कुटपिट गरेको पनि जनाइएको छ । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान बाहिरका अधिकांश नागरिकहरु पनि समस्यामा परेका छन् ।


