एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा थप ७ जनाको मृत्यु भएको छ । तालिबानले कब्जामा लिए पनि अफगानिस्तानबाट हजारौं मानिसहरु उद्दारका लागि विमानस्थलमा जम्मा भएका छन् ।
भिडलाई नियन्त्रण गर्न तालिबानले चलाएको गोली लागि उनीहरुको मृत्यु भएको बताइएको छ । यो जानकारी बेलायतको रक्षा मन्त्रालयले दिएको छ । मन्त्रालयको वक्तव्यमा अफगानिस्तानमा ब्रिगदो परिस्थितिका कारण त्यहाँका नागरिकको उद्दार गर्न समस्या भइरहेको बताइएको छ । काबुलको हामिदकारजाई इन्टरनेशनल एयरपोटमा अहिले ४ हजार ५ सय अमेरिकी र ९ सय बेलायती सेना तैनाथ गरिएको छ ।
अहिलेसम्म काबुल एयरपोर्टमा २० जना भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएको छ ।


