विश्वकप छनोटमा सहभागी हुने २४ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

विश्वकप छनोटमा सहभागी हुने २४ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट

    मा प्रकाशित

नेपाल क्रिकेट सङ्घले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरेको छ । विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका लागि छनोट गरेको हो ।

 

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी लगायत रहेका छन् ।

 

बन्द प्रशिक्षणबाट राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्