भदौ ७, दाङ ।
आज सोमबार विश्वासको मत मागेका लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।
विवासको मतका लागि राखेको प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए ।
यस्तै प्रस्तावको विपक्षमा १ मत पर्यो । एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो ।
माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।