नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता – Kanika Khabar
Sunday, May 31Nepali News Portal

नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता

    मा प्रकाशित

भदौ ८, चितवन ।
भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०र४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।

विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

 

उनले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताए ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्