पार्टी जोगाउन सकेन दुःखी छु , केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए : ओली – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पार्टी जोगाउन सकेन दुःखी छु , केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए : ओली

    मा प्रकाशित

भदौ ९, दाङ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाले पार्टी एकता बचाउन नसकेकोमा आफू दुःखी भएको बताएका छन् । पार्टी एकता जोगाउन नसकेको दुःखीरहेको बताउँदै गर्दा प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गएको बताएका छन् ।

आज बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले निकै प्रयास गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् । उनले थपे, ‘आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताए । ‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहान्छु तर कोही कोही फेल भए ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्