बुद्धचित्तको दाना सहित १ जना पक्राउ – Kanika Khabar
Sunday, May 31Nepali News Portal

बुद्धचित्तको दाना सहित १ जना पक्राउ

    मा प्रकाशित

ललितपुर, ११ भदौ /

ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्