प्रजातन्त्रवादी प्राध्यापक संघको आपत्ति – Kanika Khabar
Monday, May 25Nepali News Portal

प्रजातन्त्रवादी प्राध्यापक संघको आपत्ति

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ ।
त्रिभुवन विश्वविद्यालयका कर्मचारीले स्थापित, निश्चित एवम् पारदर्शी मापदण्ड विपरीत मनपरी ढङ्गले भागवण्डा लगाउँदै रिक्त पदहरुमा गरेको नियुक्तिप्रति प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, महेन्द्र बहुमुखी क्याम्पस दाङ इकाइ समितिले आपत्ति जनाएको छ ।
आज एक विरोत्र – पत्र जारी गर्दै इकाइ समिति दाङले विरोध जनाएको हो । विरोध पत्रमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा नियुक्तिको नाम लिएर हाल नेकपाभित्रका गुटउपगुटमा भइरहेकको भागबण्डाको विरुद्धमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले सशक्त विरोध गर्दै आइरहेको छ । विश्वविद्यालयप्रति सकारात्मक सोच राखेर हाम्रो संगठनले लिएको अडानप्रति प्रजातन्त्रपादी प्राध्यापक संघ नेपाल मेहेन्द्र बहुमुखी क्याम्पस, दाङ इकाइ समितिले पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछ ।’ साथै विरोध पत्रमा उल्लेख गरिएको छ, ‘हाल विभिन्न क्याम्पसहरुमा भएका यस्ताखाले नियुक्तिको जोडदार विरोध गर्दै यस महेन्द्र बहुमुखी क्याम्पस दाङमा यस्ताखाले कुनै पनि गतिविधि नगर्न चेतावनी दिन चाहन्छौँ ।’
इकाइ समिति दाङका अध्यक्ष सुधिर पोख्रेलद्वारा हस्ताक्षरित विरोध पत्र महेन्द बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुख मार्फत त्रिभुवभव विश्वविद्यालयका उपकुलपतिलाई सम्प्रेषण गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्