शिवु खनाल
दाङ, २५ असोज ।
प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । साेमबार बिहान करिब तीन बजेको समयमा प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको अवस्थामा प्युठानमा कार्यरत प्रहरी जवान सहित ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
प्रहरीले जुवाको खालबाट एक लाख ६५ हजार नगद पैसा पनि बरामद गरेको छ । त्यस्तै ७ थान माेवाईल र ६ वटा मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।
प्रहरी जवान सहित अन्य जुवाडेहरू ईलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा रहेका छन् । यसबारे थप अनुसन्धान भईरहेको र जुवाडेलाई जुवा ऐन अन्र्तगत कार्वाही हने समेत प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।