सेनालाइ विवादमा ल्याउने प्रयास गरीयो : जंगीअड्डा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सेनालाइ विवादमा ल्याउने प्रयास गरीयो : जंगीअड्डा

    मा प्रकाशित

कनिका डेस्क
जेठ २८, दाङ
नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको जंगीअड्डाले बताएको छ । कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री जीटुजी प्रक्रियाबाट भएको खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगीअड्डाले जनाएको हो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ’ भनेको छ ।

अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत सरकारले दिएको जिम्मेवारी बमोजिम पारदर्शिताका साथै उच्च स्तरीय मितव्ययिता अपनाउन खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरेर स्वास्थ्य सामग्री खरिद कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्