६२औँ शृङ्खलामा छन्द संगम एवं प्रशीक्षण कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, May 3Nepali News Portal

६२औँ शृङ्खलामा छन्द संगम एवं प्रशीक्षण कार्यक्रम सम्पन्न

    मा प्रकाशित

No description available.मंसिर १०, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आरइहेको छन्द संगम कार्यक्रम छन्द संगम एवं छन्द प्रशीक्षण सहित सम्पन्न गरेको छ ।
परिषद् दाङ शाखाको आयोजनामा ६२औँ शृङ्खला अन्तर्गत छन्द संगम एवं सगरमाथा बोर्डिङ स्कूलको समन्वय तथा सहयोगमा छन्द प्रशिक्षण कार्यक्रम आज घोराहीको गोग्लीमा रहेको किप्स होटल एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा सगरमाथा बोर्डिङ स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल राणा र प्राचार्य पोषण न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
परिषद् दाङ शाखाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक यम रेग्मीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको छन्द संगम एवं छन्द प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा हिमलाल पन्थी र प्रशिक्षकमा यम रेग्मी हुनुहुन्थ्यो ।

सो प्रशिक्षण कार्यक्रममा छन्दका सैद्धान्तिक र प्रयोगात्मक पक्षहरुका बारे जानकारी गराएको थियो । प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरू अत्यन्तै उत्साहित देखिन्थे ।
प्रशिक्षण पश्चात् छन्द संगममा डा हिमलाल पन्थी, नगेन्द्र गुरु, यम रेग्मी, विना रोका, श्रवण नेपाली, सगरमाथा बोडिङ स्कूलका युगिन रेग्मी र डिभाईन एकाडेमीका रेणु केसी लगाएतले छन्द रचनाहरू वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक डा हिमलाल पन्थी, प्रशिक्षक यम रेग्मी र समन्वय एवं सहयोग गर्ने सगरमाथा बोर्डिङ स्कूललाई प्रशंसा पत्र तथा प्रमुख अतिथि पुरुषोत्तम खनाल तथा बिशिस्ट अतिथिद्वय हिमलाल राणा र पोषण न्यौपानेलाई मायाको चिनो प्रदान गरिएको थियो भने सो कार्यक्रमको सहजीकरण सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्